देशभर संक्रमण दर केही घटे पनि काठमाडौ उपत्यकामा भने एकै दिन ३२६ संक्रमित

काठमाडौं, २२ भदौ । काठमाडाैं उपत्यकामा अझै काेराेनाकाे संक्रमणकाे दर अझै कम भएकाे छैन । साेमवार पनि काठमाडौं उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण देखिएकाे छ । उपत्यकामा ३२६ जनामा काेराेना संक्रमण हुँदा देशभर ९७९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

तुलनात्मक रुपमा काठमाडौं उपत्यका बाहिरका जिल्लामा संक्रमण दर घटे पनि काठमाडौं उपत्यकामा भने बढिरहेको छ । उपत्यकामा पनि सबैभन्दा काठमाडाै जिल्लामा संक्रमण बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २९३ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१/४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९/१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६/१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६/६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३/३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २/२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । अहिलेसम्म ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।

Loading...