पिसिआर रिपोर्ट विना हुम्ला जिल्ला प्रवेशमा निषेध

हुम्ला । हुम्ला कोभिड–१९को प्रकोपबाट हालसम्म पनि ग्रीनजोनका रुपमा रहेको छ । हुम्लालाइ ग्रीनजेनकै रुपमा राख्न अब पिसिआर रिपाेर्ट विना हुम्ला प्रवेश गर्न नपाउने व्यवस्था लागु गरिने भएकाे हाे ।

जिल्लाको डिसिसिएमसीले पिसिआर चेकजाँच गरेकाहरुले मात्र हुम्ला आउन पाउने र आउँदा अनिवार्य पिसिआर रिपाेर्ट देखाउन पाउने निर्णय गरेकाे छ ।

कोभिड–१९को रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि सिमकोट विमानस्थलमा फेरि हेल्थ डेस्क राखिने भएको छ । यसले नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट हवाई मार्गबाट आउने यात्रुहरुले पिसिआर गरे नगरेको चेकजाँच गर्नेछ । यसका साथै हुम्लाका दक्षिणी नाका मुगु र बाजुराबाट हुम्ला प्रवेश गर्नेहरूका लागि पनि कडा निगरानी र चेकजाँच गरिने भएको छ ।

कोभिड १९ का शंकास्पद विरामीहरूका लागि १५/१५ बेडको क्वारेन्टाइन र आइसोलेसन  पनि तयार गरिनेछ । यसको व्यवस्थापनका लागि सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालको संयोजकत्वमा पाँच सदस्यीय व्यवस्थापन कमिटी पनि गठन गरिएको छ । जसमा सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल संयोजक रहेका छन भने सदस्यहरूमा प्रेमबहादुर सिंह स्वास्थ्य सेवा कार्यालय, हुम्ला, सिमकोट गाउँपालिका, हुम्ला, गणेश महत नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा, हुम्ला, नामम्याल तामांग, अध्यक्ष, उद्योग वाणिज्य संघ, हुम्ला गरी पाँच सदस्य रहेका छन् ।

जिल्लामा संकलन गरिएको स्वावको चेकजाँचको छिटो छरितो व्यवस्थापनका लागि कर्नाली प्रदेश सरकारसँग  पिसिआर मेसिन खरिद र अन्य व्यवस्थापन खर्चका लागि चार करोड बजेट माग गर्ने निर्णय गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले दिएका छन् ।

हुम्ला जिल्लामा कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि विभिन्न क्षेत्र, तह र कार्यालयहरूबाट करोडौं रकमको खर्च भए पनि हालसम्म भए पनि हालसम्म कोही कुनै कार्यालयहरूले यसबाट पारेमा पारदर्शी भएर सार्वजनिकस्तरमा सुनुवाई नगर्दा विभिन्न क्षेत्रबाट शंका उपशंका बढेको स्थानीयहरूको गुनासो रहेको छ ।

जिल्लामा यो महामारी देखिएको खण्डमा स्वास्थ्य कार्यालय र स्थानीयतहमा भएका स्वास्थ्यकर्मीहरूले धान्न नसक्ने भएकाले यसको पूर्वतायरीका लागि दक्ष स्वास्थ्यकर्मीहरूको आवश्यकता पर्ने कुरालाई संकेत गर्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाले स्थानीय तहलाई आवश्यक व्यवस्थापन गर्न गराउन पत्रचार गरेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकरी दिएका छन् ।

चैत्र ११ यता हुम्ला जिल्लामा नेपालका विभिन्न शहरहरू, भारत तथा अन्य विभिन्न देशहरूबाट हजारौंको संख्यामा हुम्ल्लामा मानिसहरू भित्रिएका छन् तर अति सीमित मात्रमा मात्र कोभिड १९ को चेकजाँच भएको हुँदा भुसको आगोजस्तो गरी कहिले समुदायस्तरमा सल्केको छ छैन भन्ने आम चासो बढी रहेको छ ।

जिल्लामा कार्यरत विभिन्न तहका सरकारी कार्यालयहरू, स्थानीय तहहरू र अन्य सरोकारवालाहरूमा पहिलाकै जस्तो सानो काम गर्दा हल्लाखल्ला गर्ने तर काम पर्दा भाग्ने प्रवृत्तिलाई कम गरी समन्वय र सहकार्य गर्नु पर्ने अनिवार्यता देखिएको छ ।

 

Loading...