भारतमा एकैदिन ९० हजार बढी कोरोना संक्रमित भेटिए

एजेन्सी । भारतमा एकैदिन ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबिस घण्टामा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

यस्तै बितेको चौबिस घण्टामा एक हजार ६५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजार ६२६ पुगेको छ। अहिलेसम्म भारतमा ४ करोड ८८ लाख ३१ हजार भन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । जसमध्ये शनिबार मात्रै १० लाख ९२ हजार ६५४ परीक्षण गरिएको थियो ।

यस्तै ७० हजार ७२ जना संत्रमित एकै दिन निको भएर अस्पतालबाट डिस्चार्ज भएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो पनि भारतमा एकैदिन निको हुने संक्रमितको सबैभन्दा उच्च संख्या हो ।

Loading...