बार्सिलोना नछोड्ने मेसीको निर्णय, बार्सा छोड्ने सुनाएपछि पत्नी र बालबच्चा रोएको मेसीको भनाइ

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोना नछाड्ने निर्णय लिएको बताएका छन्।

गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले अन्ततः आफू बार्सिलोनामै बस्ने निर्णयमा पुगेको बताएका छन्। क्लबका अध्यक्षले आफ्नो बाचा पूरा नगरेको आरोप पनि उनले लगाएका छन्।

‘म यही क्लबलाई निरन्तरता दिन गइरहेको छु। किनभने क्लबका अध्यक्षले मलाई ७० करोड युरो नतिरी जान सम्भव नरहेको बताए,’ मेस्सीले भनेका छन्। उनले बार्सिलोनाप्रतिको आफ्नो प्रेम कहिल्यै परिवर्तन नहुने पनि स्पष्ट पारेका छन्।

पहिले क्लबलाई दिएको सूचनामा उनले आफूले अनुबन्ध अनुसार विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न चाहेको बताएका थिए । तर बार्सिलोनाले भने ७० करोड युरो तिरेपछि मात्र क्लब छाड्न पाउने बताएको थियो । क्लब छाड्ने निर्णय सुनाउँदै मेसीले आफू बार्सिलोनामा खुसी नरहेको र क्लबको व्यवस्थापनलाई लिएर गुनासो रहेको बताएका थिए । तर अहिले उनले आफ्नो निर्णय फेर्नु पछाडि कानुनी झमेलमा फस्न नचाहनु रहेको बताइएको छ ।

‘जब मैले पत्नी र बच्चाहरुसँग बार्सिलोना छाड्ने इच्छा व्यक्त गरेँ, तब पूरै परिवार रुन थाल्यो। मेरा बच्चाहरु बार्सिलोना छाड्न चाहँदैनथे। उनीहरुलाई स्कुल बदल्न पनि मन थिए,’ उनले भनेका छन्।

तर, च्याम्पियन्स लिगमा सालैपिच्छे बेहोर्दै आएको हारका कारण आफू बार्सिलोना छाड्ने निर्णयमा पुगेको उनको भनाइ छ। यो कुरा लामो समयदेखि क्लबका अध्यक्षलाई भन्दै आएपनि उनले टार्ने गरेको मेसीले खुलाएका छन्।

‘सत्य के हो भने अरु सबैथोकभन्दा म यो क्लबलाई अगाडि राख्छु, त्यसैले मैले बस्ने निर्णय गरेँ,’ मेस्सीले भनेका छन्।

शुक्रबामात्रै बार्यन म्युनिखबाट फिलिपे कोउटिन्हो बार्सिलोना आइसकेका छन् भने बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज युभेन्टस जाने भएको समाचार आएका छन् । एजेन्सी

Loading...