देशभर १३५९ नयाँ संक्रमित थपिँदा उपत्यकामा मात्र भेटिए ४५४ कोरोना संक्रमित

काठमाडौं, १९ भदौ । शुक्रबार काठमाडौं उपत्यकामा ४५४ जना नयाँ संक्रमित थपिएका छन् । साथै देशभर अहिलेसम्मकै बढी १३५९ जना संक्रमित भेटिएका छन् । यसले नेपालमा काेराेना भाइरसकाे संक्रमण दिनप्रतिदिन बढिरहेकाे देखाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार उपत्यकामा थपिएका ४५४ मध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन । काठमाडाैंमा ३८६ जना नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३/३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले देशभरका प्रयोगशालामा १३६३८ नमूना परिक्षण गरिएकाेमा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको जनाएकाे छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या ४४२३६ पुगेको छ । त्यसमध्ये २७१ जनाको मृत्यु भइसकेको छ भने २५५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...