रथ जात्रामा भएको प्रहरी हस्तक्षेपको नेवाः दे दबुको बिरोध, साँखुमा निकालियो जुलुस

काठमाडाैं । राताे मछिन्द्रनाथकाे रथ जात्रा सुरु गर्न लाग्दा आज ललितपुरमा प्रहरीले दमन गरेकाे भन्दै काठमाडाैंका विभिन्न ठाउँमा विराेध भएकाे छ । यसैक्रममा काठमाडाैंकाे साँखुमा विराेध जुलुस निकालिएकाे छ ।

ललितपुरमा रातो मच्छिन्द्रनाथकाे रथ तान्ने क्रममा बिहिबार जात्रा हेर्न सहभागी भएका आम सर्वसाधारणमा माथि लाठी, अश्रुग्यास प्रहार गर्नुका साथै पानीकाे फाेहाेरा समेत हानेर दमन गरिएकाे थियाे । सयाैकाे संख्यामा स्थानीयवासीहरु रथ जात्रामा सहभागी भएका थिए । स्थानीयले स्वास्थ्य सावधानीसहित रथ तान्ने भने पनि प्रशासनले भने राेकेपछि त्यहाँ केहीबेर झडप भएकाे थियाे । झडपमा प्रहरीले पानीकाे फाेहाेरा, अश्रुग्यास र लाठी प्रयाेग गरी स्थानीयलाइ तितर वितर पार्ने प्रयास गरेकाे थियाे ।

साेही दमनका विरुद्धमा साँखुमा विराेध प्रदर्शन गरिएकाे हाे । नेवा : समुदायले शंखारापुर नगपालिका साँखुको धुला त्वाबाट स्थानीयले स्वतस्फूर्त बिरोध जुलुस निकालिएकाे सांस्कृतिक अभियन्ता पदमलाल श्रेष्ठले जानकारी दिए । उक्त विराेध जुलुसलाइ सांस्कृतिक अभियन्ता मिजेन्द्र काजी श्रेष्ठले समापन गरेको पनि उनले जानकारी दिए ।

सांस्कृतिक अभियन्ता पदमलाल श्रेष्ठले सांस्कृतिक पर्व जात्राहरुलाइ मनाउन नदिने सरकारकाे कदम सहि नभएकाे बताए । स्थानीयले आफ्नाे स्वास्थ्यकाे ख्याल गरी सामाजिक दुरी कायम गरी पर्वजात्रा मनाउन पाउने अधिकार रहेकाे उनले बताए । कर्फ्यू वा लकडाउनका निहुमा सांस्कृतिक अधिकारमाथि हस्तक्षेप गर्न नहुने उनले बताए ।

साँखुकाे विराेध प्रदर्शनमा सहभागीहरुले प्रहरी दमन बन्द गर्न, सांस्कृतिक अधिकारमाथि भएकाे हस्तक्षेप बन्द गर्न भन्दै नारावाजी पनि गरेका थिए । यसैबीच नेवा: समुदायकाे छाता संगठन नेवा :दे दबु: लगायत विभिन्न संघ संस्थाले ललितपुरमा रथ जात्राका क्रममा भएकाे प्रहरी दमनकाे बिरोध तथा भर्त्सना गरेका छन्।

हेर्नुहाेस भिडियाे

बुँगद्दोको रथ तान्ने जात्राको कार्यक्रममा पुलिसले अवरोध गर्दै अर्शु ग्याँस लाठि चार्ज रबर गोलि हानेको विरुद्ध आफ्नो संस्कृति परम्परा सुचारु गर्न पाउनु पर्छ भनि शंखरापुर साँखुमा पनि प्रदर्सन गरिएको अवस्था। यस अवस्थामा हामि बिभिन्न ठाउँमा बसोबास गर्ने सम्मुर्ण नेवार सम्प्रदायहरु एक होऔ नेवा एकता जिन्दावाद जिन्दावाद।यो नेवा एकतालाई share गरिदिनु हुन अनुरोध गर्दछु।

Posted by Bhaskar Vijaya Krishna on Thursday, September 3, 2020

Loading...