रातो मच्छिन्द्रनाथको जात्रामा झडप, पानीको फोहोरा, लाठी र अश्रुग्यास हानेको भन्दै प्रहरीको गाडीमा तोडफोड

ललितपुर, १८ भदाै । सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएकाे छ । साे क्रममा प्रहरी र स्थानीयबीच केहीबेर झडप समेत भएकाे छ । जात्रामा सहभागी भएकाहरुमाथि अश्रुग्यास र पानीकाे फाेहाेरा हान्दै लाठी चार्ज गरिएपछि स्थानीयले प्रहरीकाे गाडी ताेडफाेड समेत गरेका छन् । 

जात्रामा ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रसासनले त्यसलाइ राेक्न ठूलाे संख्यामा प्रहरी परिचालन गरेको छ। बिहानैदेखि विभिन्न ठाउँबाट सयौको संख्यामा मानिसहरु पुल्चाेकमा रथ राखिएकाे ठाउँमा जम्मा भएपछि प्रशासनले त्यसलाइ रोक्न प्रयास गरेकाे थियाे । तर मानिसहरुको भिड बढ्दै गएपछि प्रशासन पछि हटेकाे थियाे । 

ललितपुरको पुल्चोकमा राखिएकाे रथ आजै गाबहल लिने कार्यक्रम थियाे । त्यसका लागि उपत्यकाका तीनवटै जिल्लाबाट मानिसहरु जात्रामा सहभागी हुन आएका थिए । जात्रामा सहभागी हुनेहरुले सामाजिक दुरी कायम गरेर रथ तान्ने बताएका थिए । त्यसरी रथ तान्न सुरु हुनै लाग्दा प्रहरीले विना सूचना एक्कासी हस्तक्षेप गरेकाे स्थानियकाे दावी छ । प्रहरीले जात्रामा सहभागी भएकाहरुमाथि पानीको फोहाेरा हान्दै, लाठी चार्ज गर्ने र अशुग्यास प्रहार गरी दमन गरेको जात्रामा सहभागी राजन महर्जनले बताए।

त्यसरी प्रहरीले दमन गरेपछि जात्रामा सहभागीले प्रहरीको गाडीमा तोडफोड गरेकाे उनले बताए । साे क्रममा जात्रामा सहभागीभएकामध्ये केहि घाइते भएका छन्। प्रदर्शनमा उत्रेकाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले भिड नियन्त्रण गर्न अशुग्यास प्रहार गरेको जनाएकाे छ। 

केहीबेरको झडपपछि हाल प्रशासन र सम्बन्धित पक्षसँग वार्ता भइरहेको भइरहेको छ।

हेर्नुहाेस भिडियाे

ललितपुरको पुल्चोकमा निषेधाज्ञाको अवज्ञा गर्दै सेतो मछिन्द्र नाथको रथ (करुणामय)को रथ जात्रा अगाडि बढाउने क्रममा स्थानीय र प्रहरीको झडप ।

Posted by Sanjaya Maharjan on Thursday, September 3, 2020

Loading...