निषेधाज्ञालाइ चुनौती दिँदै रातो मच्छिन्द्रनाथ रथ जात्रा सुरु, बाजागाजासहित सयौ मानिस उत्रिए सडकमा

 

ललितपुर, १८ भदाै। सरकाले जारी गरेको निषेधाज्ञाको बाबजुद आज ललितपुरमा राताे मच्छेन्द्रनाथकाे जात्रा सुरु गरिएको छ। निषेधाज्ञालाइ चुनाैती दिँदै बिहानै सयौको संख्यामा मानिसहरु रथ जात्रामा जम्मा भएका छन् । 

ठूलाे संख्यामा मानिसहरु जम्मा भएपछि प्रशासनले केही रोक लगाउने प्रयास गरेकाे थियाे । तर, मानिसहरुको भिड अझ बढ्दै जान थालेपछि प्रसासन पछि हटेकाे छ । हाल ललितपुरको पुल्चोकमा रथ रहेकाे ठाउँमा ठूलो जनसमूह जम्मा भएकाे छ । उक्त ठाउँमा ललितपुर, काठमाडौँ लगायतका ठाउँबाट जात्रामा मानिसहरु सहभागी भएका छन् । जात्रा मनाउन सांस्कृतिक बाजागाजा सहित सो स्थानमा मानिसहरु थपिने क्रम निरन्तर बढने क्रम जारी छ। 

बुधबारमात्रै काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले तेस्रोपटक निषेधाज्ञा एक साताका लागि थप्ने निर्णय गरेकाे थिए । भदाै ३ गतेबाट सुरु भएकाे कर्फ्यू २ पटक थप गरि भदौ २४ सम्म लम्ब्याएको छ। 

रथ आजै पुल्चाेकबाट तानेर गाबहल पुर्याउने बताइएकाे छ । राताे मछिन्द्रनाथकाे रथ यसवर्ष लामाे समयदेखि तयार गरिए पनि राेकिँदै आएकाे थियाे । 

Loading...