बेलायती राजकुमार ह्यारी र मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रम निर्माण गर्ने

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्।

केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर त्यसले आशा पनि प्रदान गर्ने छ।’ उनीहरुले भनेका छन्, ‘नयाँ अभिभावकका रुपमा उत्प्रेरक परिवारिक कार्यक्रम हाम्रा लागि महत्वपूर्ण छन् ।’

नेट्फिलिक्सका प्रमुख टेड सारान्डसले राजदम्पतीसँगको सम्झौतबाट आफू निकै गौरवान्वित भएको बताएका छन् । सम्झौतामा डकुमेन्ट्री, डकु–सिरिज, फिचर फिल्म तथा बालबालिका सम्बन्धी कार्यक्रम बनाउने उल्लेख छ ।

Loading...