सुन साँइलीपछि गौरव पहारीको अर्काे मनछुने अभिनय, ‘सयौँ डाँडा काट्दै’

काठमाडौँ । गायक विक्रम बरालको आवाजमा रहेको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। नेपाल आइडलका एक सफल प्रतिस्पर्धी बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन्।

पासाङ शेर्पाको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन रहेको भिडियोलाई बुद्ध थापा र ईश्वर थापाले छायाँकन गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका छन्।

गीतमा आर्थिक अवस्थाले विदेश जान बाध्य भएका एक युवाको कथा समेटिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले चर्चा बटुलेको छ। समाचार तयार पार्दासम्म यो गीत युट्युब ट्रेन्डिङको १२ औँ नम्बरमा रहेको छ।

यसअघि हेमन्त रानाको ‘सुन साँइली’ गीतमा उत्कृष्ट अभिनय गरेका पहारीको अहिले उस्तै पीडा र कथा बोकेको ‘सयौँ डाँडा काट्दै’ गीतको अभिनयले पनि दर्शकको मन जितेको छ। धेरैले पहारीको अभिनयको प्रसंसा गरेका छन्।

Loading...