जब पानीकाे इनारबाट ठूलाे मात्रामा सुनचाँदीका गहना अाउन थाले

एजेन्सी । भारतकाे एउटा गाउँमा इनारबाट ठूलाे मात्रामा सुन र चाँदीका गहना फेला पर्ने गरेका छन् । इनारबाट सुन र चाँदीका गहनाहरु मानिसहरुले भकाभक निकाल्न थालेपछि त्यस क्षेत्रका वासिन्दा चकित परेका छन् ।

यहाँ ठूलो परिमाणमा गहना लुकाइएको हुनसक्ने बताइएकाे छ । गरगहना लुकाइएकाे अाशङ्कामा प्रहरीले यहाँ खोजतलासी गरेको थियो साेही क्रममा प्रहरीले ठूलाे मात्रामा गहना निकालेकाे हाे । भारतको मुम्बइ सहरमा भएको डकैतीपछि प्रहरीले इनारहरुमा खोजतलास गरिरहेको थियो ।

२१ अक्टोबरका दिन मुम्बइमा चोरी भएको थियो । यही चोरीपछि चोरीका सामान लुकाइएको स्थानको खोजीका क्रममा यी गहना भेटिएका हुन् । मुम्बइको कुरार भिलेज क्षेत्रमा एक मोवाइल पसलमा चोरी भएको थियो ।

यो घटनामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोधपुछ गर्दा यी व्यक्तिहरुले आफूहरुले चोरीको सामान इनारमा लुकाउने गरेको बताएका थिए ।प्रहरीले इनारको खोजी गरी त्यहाँको पानी निकालेर त्यहाँ खोजी गर्दा केही थौल भेट्टाएको थियो ।

ती थैलामा ठूलो परिमाणमा सुनचाँदीका गहना भेटिएको हो । ती आरोपीहरुविरुद्ध यसअघि पनि २ चोरीका मुद्दा दर्ता भएको बताइएको छ ।

Loading...