महानगरपालिकाको नगरप्रहरी प्रमुखमा ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु

 

भाद्र१४, ललितपुर। 

ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। राजधानीको ट्राफिक व्यवस्थापन गर्न निकै सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरीका साथै ललितपुर बारुण यन्त्र दमकलको समेत तोकी महानगरले आइतबार नियुक्त गरेको हो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताउनु भयो । हाछेथुको कार्य क्षमता, काम गर्ने शैलीबाट जनता प्रभावित रहेको कारणले उनलाई यो जिम्मेवारीमा ल्याएको महानगर प्रमुख महर्जनले बताउनु भयो।

प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उहाँको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो ।

महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा हाछेथुलाई नियुक्त गरिएको नगर प्रमुख महर्जनले स्पष्ट पार्नु भयो ।

२९ वर्षलामो ट्राफिक ब्यबस्थापन क्षेत्रमा बिताएका हाछेथु २०७५ साल मंसिर महिनामा ट्राफिक प्रहरीको सेवाबाट निवृत्त भएका हुन्।

नयाँ जिम्मेवारी प्राप्त भएकोमा उनले भने, ‘ राजधानीका जनताले मैले गरेको कामले ऋदयदेखि मनपराउन सफल भएको र पुनः यो नया जिम्मेवारी पाएको हो , आगामी दिनमा अझै साथ दिने विश्वास लिएको छु। ’

 

Loading...