विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे

काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ।

यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५९ लाख ५६ हजार ३६ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ८२ हजार ४१२ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा ३६ लाख ७४ हजार १७६ जना संक्रमित भएकोमा १ लाख १६ हजार ६६६ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ ३२ लाख ३५ हजार ७२५ जनामा संक्रमण भएकोमा ५९ हजार ६३२ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ९ लाख ७० हजार ८६५ जना संक्रमित भएका छन् भने १६ हजार ६८३ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ४ लाख २३ हजार २२४ संक्रमित भएकोमा २८ हजार ९२४ जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख २७ हजार ७९८ संक्रमित भएकोमा ४१ हजार ४४९ जनाको मृत्यु भइसकेको छ। पेरुमा संक्रमितको संख्या ६ लाख ७ हजार ३८२ छ भने २८ हजार १ जनाको मृत्यु भइसकेको छ।

Loading...