५१ नेपाली सेना र ८ जना टेलिकमका कर्मचारीसहित बाँकेमा भेटिए ७३ नयाँ संक्रमित

नेपालगञ्ज, १० भदाै । बाँकेमा काेराेनाकाे बुधवार ७३ जना काेराेना संक्रमित थपिएका छन् । थप हुनेमा ५१ जना नेपाली सेना र ८ जना नेपाल टेलिकमका कर्मचारी छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अनुसार बाँकेकाे काेहाेलपुरमा बढी संक्रमित भेटिएका छन् । कार्यालयका अनुसार काेहाेलपुरमा ५१ जना संक्रमित भेटिएका छन् भने नेपालगञ्जमा २२ जना भेटिएका छन् ।

कोहलपुरमा कोरोना देखिएका ५१ जना नै कौशिलानगर ब्यारेकका नेपाली सेनाका सदस्य हुन्। नेपालगञ्जमा कोरोना देखिएका २२ जनामा आठ जना नेपाल टेलिकमका कर्मचारी छन् । कोरोना देखिनेमा बैकर्स पनि छन्।

भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दिया बाँसगढीका एकजनामा पनि कोरोना देखिएको छ। उनी बाँसगढी नगरपालिका वडा नं. ९ का हुन्। बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ।

Loading...