बाटोमा हिडिरहेकी बालिकालाई मोटरसाइकलमा हालेर जवरजस्ती करणी प्रयास गर्ने युवा पक्राउ

बुटवल, ८ भदाै । बालिकालाई जवर जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन । रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नम्बर १ का १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख प्रहरी निरिक्षक धर्मसीङ बिष्टले चाैरजहारी नपा वडा नम्बर ७ की १३ वर्षीया बालिकालाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक युवालाइ पक्राउ गरिएको जानकारी दिए ।

आज साेमवार बिहानै सल्यानको कुमाख गाउँपालिकामा रहेको मामा घरबाट घर फर्कर्दै गर्दा ती युवाले बालिकालाई बाटोमा भेटेको र घरसम्म छोडदिन्छु भनि मोटर साइकलमा हालेर लगेका थिए । ती युवाले उनलाई घर लानुको सटटा सडकबाट नदी किनारमा लगेर जवरजस्ती करणी प्रयास गरेकाे प्रहरीले जनाएकाे छ ।

जवरजस्ती करणी गर्न खोज्दा बालिका चिच्च्याएपछि स्थानिय एक महिलाले देखेर प्रहरीलाई खवर गरेकी थिइन । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर ती युवालाई पक्राउ गरेकाे हाे । प्रहरी निरिक्षक विष्टले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Loading...