सरकारी छात्रवृत्तिको ५ करोड २० लाख लक्षित वर्गमा पुग्दै नपुगी सिध्याइयो

काठमाडाैं, १९ कार्तिक । गरिब तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिईने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसकी छात्रवृत्तिको पूर्ण सिटको लागि आवेदन आउन नसक्दा गरि तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन् ।

सरकारले सार्वजनिक विद्यालयबाट एइई परीक्षा दिई कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने ५ सय विद्यार्थीका लागि बार्षिक ७० लाख र स्नातकमा जुनुसकै विषय अध्ययन गर्ने २ हजार ५ सय विद्यार्थीका लागि बार्षिक ४ करोड ५० लाखको छात्रवृत्ति उपलब्भ गराउने घोषणा गरेको छ ।

सो छात्रवृत्ति व्यवस्थापन गर्ने विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका कार्यकारी निदेर्शक दिवाकर ढुङ्गेलले राजधानीमा गत साता आयोजित पत्रकार सम्मेलनमा सरकारले गरिब तथा विपन्न बर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरे पनि सुचना व्यापक हुन नसक्दा लक्षित विद्यार्थीले लाभ उठाउन नसकेको बताए ।

Loading...