फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन

एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए।

चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी बेस स्टेसन खडा गरिएको छ। यहाँ अब फोर–जी सेवा प्रतिस्थापन भइसकेको एससीएमपीले जनाएको छ।

चीन फाइभ–जी प्रविधिमा फड्को मार्ने पहिलो मूलुक हो। यस देशको प्रविधि कम्पनी हुवावेले फाइभ–जी विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। तर पछिल्लो समय यस कम्पनीमाथि अमेरिकी तथा युरोपेली देशहरुले प्रतिबन्ध लगाएका छन्। चीनको प्रविधि कम्पनीहरु सरकारको जासुसीको माध्यम बनेको आरोप लागेको छ।

चिनियाँ विज्ञहरुका अनुसार चीनसँग प्रविधिको क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्दा अमेरिकी तथा युरोपेलीहरु ससंकित बनेका छन्। उनीहरुले चीनको प्रगतिलाई ईष्र्याको भावले हेर्ने गरेको बताइएको छ।

Loading...