रजतपट सुवेदी र नायिका पुजा शर्माको विवाद सहमतिमा मिलाइयो

काठमाडौँ । नायिका पूजा शर्मा र चलचित्र पत्रकार प्रकाश सुवेदीबिच भएको विवादको सामाधान भएको छ। चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका पदाधिकारी र एपी वान टेलिभिजनका पदाधिकारीबिच छलफल गरेर मुद्दा टुंगाएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए।

दुई पक्षबिचको छलफलमा प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरीलाई अन्त्य गर्ने सहमति भएको अधिकारीले बताए। अधिकारीका अनुसार सहमतिमा अब अगाडिका कार्यक्रममा आचारसंहिताको पालना गम्भीर भएर गर्ने भन्ने कुरा उल्लेख छ।

एपीवान टेलिभिजनबाट प्रशारित कार्यक्रममा कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले नायिकालाई होच्याउने शब्द प्रयोग गरेका थिए। यसविरुद्ध नायिका पूजा शर्माले चलचित्र कलाकार संघ, प्रेस काउन्सिल लगायतमा उजूरी गरेकी थिइन्।

Loading...