पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड, तापक्रम बढेपछि विद्युतले काम गर्नै छाड्यो

एजेन्सी । पृथ्वीमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ।

अमेरिकाको क्यालिफोर्नियास्थित डेथ भ्याली राष्ट्रिय निकुञ्जमा रहेको फरनेस क्रिकले पृथ्वीको हालसम्मकै उच्च तापक्रम मापन गरेको बिबिसीले जनाएको छ।

त्यहाँको फरनेस क्रिकमा १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड मापन गरिएको हो। यसअघि सन् २०१३ मा डेथ भ्यालीमा १२९.२ डिग्री फरेनहाइट तापक्रम मापन गरिएको थियो।

शनिबार मापन भएको १३० डिग्री फरेनहाइट अर्थात् ५४.४ डिग्री सेल्टिग्रेड तापक्रमलाई अमेरिकी राष्ट्रिय मौसम सेवाले प्रमाणिकरण गर्न बाँकी छ।

अमेरिकाको पश्चिमी तटमा आएको ताप लहरकै बीचमा उक्त तापक्रमले नयाँ कीर्तिमान बनाएको बताइएको छ। तापक्रम अझै बढ्ने अनुमान विज्ञहरुले गरेका छन्।

अत्यधिक तापक्रमकै कारण शनिबार त्यहाँको बिजुली बिग्रिएर काम गर्न छाडेपछि क्यालिफोर्नियामा दुई दिन ब्याकआउट गरिएको थियो।

Loading...