पत्रकार रविन्द्र श्रेष्ठ ‘पल पल’ लिएर बजारमा

टोकियो । जापानमा पत्रकारिता गर्दै आएका पत्रकार रविन्द्र श्रेष्ठले पहिलो गीत ‘पल पल’ सार्वजनिक गर्दै आफुलाई गायन क्षेत्रमा पनि प्रवेश गराएका छन ।

नवगायकको रुपमा आफुलाई प्रस्तुत गर्दै श्रेष्ठले ‘पल पल’ बोलको पप गीतमा आफ्नी प्रेमिकाको पर्खाइ र समर्पण भाव प्रस्तुत गरेका छन् ।

युट्यूव मार्फत सार्वजनिक गरिएको गीतमा संजय खड्गीको शब्द संगीत रहेको छ । श्रेष्ठलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् । प्लाटिनम स्टुडियोमा रेकर्ड तथा छायांकन गरिएको भिडियोमा स्वयम् श्रेष्ठ र गायिका श्रेष्ठलाई देख्न सकिन्छ ।

गीतको निर्माण एनाफोर्मिक फिल्मसले गरेको हो भने प्रस्तुती सनराईज प्रोडक्सन्सको रहेको छ । कर्मभूमि जापान बनाएर मिडिया र व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठ अनलाईन न्युज पोर्टल नेपालसन्देश डटकमका सम्पादक तथा प्रकाशक पनि हुन् ।

हेर्नुहाेस भिडियाे

Loading...