‘हाम्रो बा’ पुस्तक विमोचन

काठमाडौँ, २७ साउन । नारायण प्रसाद अधिकारीको ८९औं जन्मोत्सवको अवसरमा अधिकारी परिवारका सर्वसम्मानित व्यक्ति ‘बा’ को जीवनमा आधारित सन्तती र शुभचिन्तकहरुको भावनाहरु संग्रहित ‘हाम्रो बा’ पुस्तक विमोचन भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर अधिकारी परिवारले उक्त पुस्तक विमोचन गरेका हुन् । ठूला पदमा पुगेका व्यक्तिहरुको चाकडीमा लेखिने भजनभन्दा आफ्नो ‘बा’ का बारेमा लेखिने यथार्थपरक भावहरु अर्थपूर्ण हुने अधिकारी परिवारका सदस्यहरुको भनाई छ ।

कार्यक्रमका संयोजक हाल शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत जनक अधिकारीले आफ्नो ‘बा’ का बारेमा लेखिएको पुस्तक विमोचन गर्न पाउनु सौभाग्य भएको बताए । उनले भने,‘यस्तो महामारीको बेलामा उपस्थितलाई धन्यवाद व्यक्त गर्दै, बुवाप्रति कृतज्ञ छु ।’ उनले बुवाको जन्मोत्सवको अवसरमा शुभकामना दिने सबैमा सम्पूर्ण अधिकारी परिवारकातर्फबाट धन्यवादसमेत व्यक्त गरे ।

उनले उक्त पुस्तकलाई साहित्यिक दृष्टिकोणबाट भन्दा भावनात्मक दृष्टिकोणबाट हेरिदिन आग्रह गरेका छन् । उनले भने,‘आज २०७७ साउन २७ गतेको दिन स–भक्ति शब्द पुष्पको उपहार चढाउन पाएकामा म र हामी सबै सन्तति गौरवान्तित छौं । कुनै नौलो काम गर्दा आमा भईदिएको भए जसतो महसुस हुन्छ । कम्तिमा अहिले बा’ त हुनुहुन्छ । यदि बा पनि अस्ताउनु भयो भने….सोच्दा मात्रपनि मन भारी हुन्छ ।’

पुस्तकमा अधिकारीका आफ्ना आफन्तहरु (६७) जनाले ‘बा’ का बारेमा विगतदेखि वर्तमानसम्म र बा’सितको यात्रालाई पुस्तकमा समावेश गरिएको छ ।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि गोविन्द ज्ञवालीले ‘हाम्रो बा’ पुस्तकको विमोचन भएकोमा धन्यवाद अर्पण गरे । उनले भने,‘पुस्तक साहित्यकृत नभइ सपना र सम्झनाको संगम हो ।’ उक्त पुस्तकले सम्पूर्ण मानिसलाई जिम्मेवारीवोध गराउने उनको विश्वास छ । उनले ‘बा’ को जन्मदिनको अवसरमा बधाई र शुभकामना समेत दिए ।

त्यसैगरी कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नारायणप्रसाद अधिकारीलाई बुवाको रुपमा सम्मान गरेको भाव प्रकट गरे । उनले भने,‘आजको यो सु–संस्कृत, सभ्य र भव्य सभामा आउँदा खुशी छु।’ आफू सानै उमेरबाट आमाको माया र ममताबाट बञ्चित रहेको स्मरण गर्दै धमला भावुक बनेका थिए ।

उनले आमाको मायाबाट बञ्चित भएपनि सदैव बुवाले आडभरोसो दिएको स्मरण गराएका थिए । उनले अधिकारी बा’ को दिर्घायुको कामना समेत गरेका थिए ।

धमलाले आफूले आफ्नो पत्रकारिता कुनै पार्टी वा व्यक्तिको लागि नगरेको भन्दै सम्पूर्ण नेपाली जनताको लागि गहेको स्पष्ट पारे । उनले भने,‘मानिस सफल हैन् असल हुनुपर्छ ।’ उनले आफूले नेपाली जनताको आवाजलाई प्रत्येक दिन बुलन्द रूपमा उठाएको पनि बताए । धमलाले अधिकारी बा’ १ सय २० वर्षसम्म स्वस्थ रहने कामना गरे ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व अर्थसचिव शान्ताराज सुवेदीले प्रत्येक दिन बा’संगको भेटघाटलाई नमन गरेका छन् । उनले भने,‘बाले पाँच पुस्ता आफ्नो आखाँले देख्नु सौभाग्य हो ।’ उनले करिब ९१ जनाको परिवारलाई एक साथ गर्वको विषय रहेको र यसलाई सम्पत्तिको संज्ञा दिए ।
उनले बा’सदैव सामाजिक समस्याप्रति उदार रहेको बताए । उनले पनि अधिकारी बा’ स्वस्थ्य रही १२० वर्षसम्म आफूहरुकै माझ हुने कामना गरे । उनले भने,‘पूजनीय पिताजी श्री नारायण प्रसाद अधिकारीको ८९ औं शुभ–जन्मोत्सवको पुनीत अवसर पारेर उहाँको जीवनका आरोह–अवरोहलाई समेटी संक्षिप्त जीवनीको रुपमा प्रकाशन भएको यस शुभ–जन्मोत्सव विशेष कोशेलीमार्फत् पिताजीलाई सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना दिन पाउँदा म स्वयम पनि हर्षले गद्गद् भएको छु ।’

त्यसैगरी कार्यक्रममा पुस्तकका भाषा सम्पादन समेत गरेका साहित्यकार डा.तुलसी भट्टराईले ‘हाम्रो बा’ भन्दै नमन प्रकट गरे । उनले भने,‘बा’को जन्मोत्सव काठमाडौं उपत्यका सटडाउनको अवस्थामा रहेको बेला भयो ।’ उनले आज विमोचन भएको उक्त पुस्तकलाई आफूले १५ दिनको छोटो अवधिमा सम्पादन गरेर बा’को हातमा थमाएको स्पष्ट पारे ।

बा’को सुरुवाती दिनमा मोजमस्ती गरेको समेत उनले बताए । उनको जीवनमा पछिल्लो समय आएको उतारचढावलाई भावपूर्ण ढंगले प्रस्तुत गरेका थिए । उनले जेष्ठ नागरिकको केयर सेन्टरको उद्घाटन बा’का हातबाट गराउने विषयमा पूर्व जानकारी दिए । नेपालमा बुवाभन्दा आमाको विषयमा पुस्तक लेखिने गरिएको अवस्थापनि उनले सुनाएका थिए ।

नेपाली समाजमा परिवारका सम्पूर्ण जिम्मेवारी बुवामा निहित हुने कारण बुवाहरु आधारस्तम्भको रुपमा सदैव रहेको उनको भनाई छ । आज विमोचन भएको पुस्तक आम मानिसका लागि पनि प्रेरणाको विषय बन्ने उनको विश्वास छ । भट्टराईलेपनि बा’ को ‘स्वस्थ सय वर्ष’ को कामना गरे ।

उक्त कृतिका प्रकाशक जनक अधिकारी र जस्मिना अधिकारी हुन । पुस्तकको ले–आउट हीरादेवी नेपाल, मुद्रण उषा एजुकेश हाउस, नयाँ बानेश्वर काठमाडौं हो ।

Loading...