काँग्रेस महासमिति सदस्य प्रवीण वनद्वारा पार्टी परित्याग

भक्तपुर । नेपाली काँग्रेसमा उम्मेदवार चयनमा अन्याय गरेको आरोप लगाउदै महासमिति सदस्य प्रवीण वनले पार्टीको साधारण सदस्य पनि नरहने गरि पार्टी परित्याग गरेका छन् ।

निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् ।

वनले जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाए ।

 

राजीनामापत्रमा वनले  काँग्रेस अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न नसकिने भन्दै अब स्वतन्त्र जीवन जिउने बताएका छन् । ’

 

 

Loading...