पर्साकाे प्रमुख जिल्ला अधिकारीमा पठाइए तामाङ

गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी लाई पर्सा पठाएको छ भने धादिङ्गमा अछामका सिडिओ सरुवा भएका छ ।

मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङ्गमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेललाई सरुवा गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की मन्त्रालय तानिएका छन् भने अछाममा गोकर्ण उपाध्यायको सरुवा भएको छ ।

Loading...