गोंगबु बिभत्स हत्याकाण्डले समाजलाइ दिएको शिक्षा

काठमाडौँ । काेराेना भाइरस (काेभिड १९) ले सर्वत्र त्रास छाइरहेका बेला राजधानीकाे गाेंगबुमा घटेकाे घटनाले अहिले सबैकाे ध्यान तानेकाे छ । शरिर र टाउकाे अलग अलग ठाउँमा शव भेटिएपछि धेरै त्रसित बने । प्रहरीले याे घटना एक महिलाले गरेकाे भन्दै जब पक्राउ गर्याे त्यसपछि झनै चकित पार्याे सबैलाइृ । एक महिलाले यति विभत्स हत्या कसरी गर्न सक्छिन भन्दै यसमा अरु मानिसहरुकाे सम्लग्नता हुनसक्छ भन्ने अनुमान गरिए । प्रहरीले पनि त्यही आशंकामा अनुसन्धान गर्याे । तर, प्रहरीकाे प्रारम्भिक अनुसन्धानले घटनामा महिलाकाे मात्र हात रहेकाे भन्ने खुलेकाे छ र प्रहरीले महिलालाइ सार्वजनिक समेत गरिसकेकाे छ ।

पछिल्लाे समय समाजमा अपराधका प्रकृति बढ्दा छन् । धेरैखाले अपराधलाइ गहिरिएर अध्ययन गर्ने हो भने आर्थिक लेनदेन, अबैध सम्बन्ध, इर्श्या,अस्वभाविक प्रतिस्पर्धा आदि जाेडिन्छ । अपराधका घटना सामाजिक सञ्जालले बढावा दिएकाे देखिन्छ । सामाजिक सञ्जालबाटै जाेडिएर बिभत्स हत्यासम्म पुगेका धेरै घटनाहरु बाहिर आएका छन् । मंगलबारकाे घटनामा पनि पक्राउ परेकी महिलाले प्रहरीसँगकाे बयानमा यस्तै कुरा जाेडेकी छन् । धनले सम्पन्न भएपछि मानिस सुखसयलको खोजी र यौन तृप्तिमा लिन हुन थाल्छ । समाजमा यसखालकाे चिन्तन बढ्दै गएकाे छ ।

शनिबार मध्यरातमा गोंगबु गणेशस्थानमा हत्या गरिसकेपछि मृत शरिरलाइ टुक्राटुक्रा पार्ने कार्य कसरी भयाे भन्ने कुरा अहिले सबैकाे मनमा लागिरहेकाे छ । आखिर एक महिलाले यसरी हत्या नै गर्नु पर्ने कारण के हो त ? ती महिलालाइ हत्यापछिको परिणामका बाेमा के थाहा थिएन हाेला ? मानिसहरु प्रश्न गरिरहेका छन् । मानव हत्यासहितका यस्ता अपराधमा सम्लग्न अधिकांश घटनामा प्रहरी अनुसन्धान सफल भएकाे छ । केही अपवाद वाहेक हत्या, बलात्कार, अपहरण जस्ता घटनामा सम्लग्नहरुलाइ प्रहरीले पक्राउ गरेर न्यायकाे कठघरामा उभ्याएकाे छ । त्यसपछि अपराधमा सम्लग्नहरुप्रति समाजकाे नजर कस्ताे हुन्छ भन्ने उनीहरुले नदेखेका हाेइनन् । समाजले उनीहरुलाइ थुक्ने घृणा गर्ने गरे पनि यस्ता घटना भने कम भएका छैनन ।

प्रहरीसँगकाे बयानमा गाेंगबु घटनाकी अभियुक्त कल्पना मुडभरीले आफ्नो नाममा फेक एकाउन्ट खाेलेर बेइज्यति गरिएकाे बताएकी छन् । मृतक बाेहराले आफ्ना अस्लिल तस्बिर सामाजिक संजालमा सार्वजनिक गरिदिने भन्दै धम्की दिने गरेकाे र त्यसकाे अत्यधिक दुरुपयाेग गरेकाे पनि उनले बयानमा भनेकी छन । तर ती कुरा नै उनले गरेकाे घटना सही कदापी ठहर्याउँदैन । के उनीसँग कल्पनासँग कानुनी समाधान छँदै थिएन त ? उनलाइ त्याे खालकाे धम्की दिइएकाे थियाे भने, त्याे खालकाे शाेषण भएकाे थियाे भने उनले कानुनी उपचार खाेज्न सक्थिन । तर, त्यता नगएर उनी क्रूर अपराधमा पुगिन ।

समाजमा यस्ता घटना निरन्तर छन् । सामाजिक सञ्जालकाे दुरुपयाेगले यस्ता घटना बढाइरहेका छन् । वैदेशिक राेजगारी बढेसँगै सामाजमा विकृतिहरु पनि बढेका छन् । प्रश्न उठेकाे छ वैदेशिक राेजगार कति सुरक्षित छ खासगरी महिलाका लागि ? वैदेशिक राेजगारीमा गइसकेपछि पैसा कमाइसकेपछि मानिसका मनमा अनेक साेच विकास हुने गरेका छन् । यसले समाजमा क्रमश: भयावह स्थिति फैलाएकाे छ । यसका लागि समाजिक काउन्सिलिङकाे व्यवस्था जरुरी देखिन्छ । साथै वैदेशिक राेजगारीमा जानेहरुका परिवारलाइ समाज र राज्यका निकायले पनि विशेष काउन्सिलिङ गर्नुपर्ने जरुरी पनि देखिन्छ । त्यसका लागि राज्यले छुट्टै संरचना नै निर्माण गर्नुपर्ने अवस्था आइसकेकाे छ । 

त्यसैगरी सामाजिक सञ्जालकाे प्रयाेग र दुरुपयाेगका बारेमा पनि गहिराे अनुसन्धान जरुरी छ । सामाजिक सञ्जालबाट जाेडिएका अधिकांश सम्बन्धहरु अन्तत: टुक्रिएकाे देखिन्छ । ती सम्बन्धहरुले खराब परिणाम निम्त्याएकाे देखिन्छ । यदि याे कुरा भइरहेकाे छ भने यसकाे समाधान पनि राज्यले खाेज्नुपर्छ । सामाजिक सञ्जालकाे प्रयाेगका बारेमा आचारसंहिता पनि जारी गरिनु जरुरी देखिएकाे छ । हरेक स्थानीय तहसम्म सामाजिक सञ्जाल प्रयाेगका फाइदा र वेफाइदा, यसबाट निम्तिन सक्ने दुर्घटना वा खराब परिणामका बारेमा सचेतना पनि चलाउन जरुरी भइसकेकाे छ । 

Loading...