कोरोनाले पूर्व राष्ट्रपति मुखर्जीको अवस्था गम्भीर

काठमाडाैं । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अवस्था गम्भीर बनेको छ। सोमबार मात्र मुखर्जीले आफूलाई कोरोना लागेको जानकारी गराएका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार मुखर्जीको अवस्था यतिबेला गम्भीर बनेको छ र उनको यतिबेला भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतका राष्ट्रपति थिए। हाल उनी ८४ वर्षका भए।

केहीदिन अगाडि मात्र भारतका गृहमन्त्री अमित शाहमा पनि कोरोना पुष्टि भएको थियो। हाल भारत कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। भारतमा २२ लाख ७१ हजारमा कोरोना पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ४५ हजारको ज्यान गएको छ भने १५ लाख ८३ हजार उपचारपछि स्वस्थ बनेका छन्।

Loading...