गोंगबु हत्याकाण्डमा सम्लग्न महिलालाइ प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं, २७ साउन । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीले गरेको अनुसन्धानको आधारमा चितवनको टाढी, माधवपुरबाट ३७ बर्षिया कल्पना मुडभरी (पौडेल) लाइ पक्राउ गरि महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

शनिबार राति भएको विभत्स हत्यामा संलग्न रहेको आरोप लागेकी कल्पनालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएको छ । उनी बोहराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ । आइतबार गोंगबु चोक नजिकै सुटकेशभित्र उनको टाउको र एक खुट्टा विनाको शव भेटिएको थियो ।

कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा राखिएकाे झाेला फेला पारेको थियो । सुटकेश र झोलामा फेला परेको स्थानबाट ५० मिटर पर रहेको घरमा बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएका थिए । त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरिएकाे बताइएकाे छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै भएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेकाे बयान दिएकी छन । टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्किएकी थिइन ।

सुटकेश फालेर फर्की कोठामा आएर फेरि टाउको र खुट्टा भएको प्लास्टिक बोकेर बाहिर फालेकाे पनि देखिएकाे प्रहरी भनाइ छ । बोहराको मृतक शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । बाेहराकाे हत्या गरेकाे भाेलिपल्ट उनी भागेर चितवनमा रहेकाे माइतीघरमा गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् ।

चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको स्वीकारोक्ति बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ ।

मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।   

आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहिता भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । 

 प्रहरी अनुसन्धानमा प्रयोग गरिएको कुकुर ३ बर्षे ६ महिने ‘जोजो ‘ 

घटनास्थलबाट बरामद भएका दशीका सामानहरु 
 घटनामा प्रयोग भएको धारिलो हतियार
हिर्काउन प्रयोग भएको ह्याम्मर
रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु
स्लिपीङ ट्यावलेटको खोल
मोबाईल सेटहरु
Loading...