राजधानीमा कोरोना धेरै फैलिन थालेपछि रोकियो ‘नाडा अटो शो’

काठमाडौँ । काेराेनाका कारण दुई दशकदेखि हुँदै आएको ‘नाडा अटो शो’ रोकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोना महामारीका कारण पहिलो पटक नाडा अटो शो रोकिएको जानकारी दिए।

उनले दसैँ–तिहारअघि अटो शो हुने सम्भावना नरहेको बताए। उनले भने, ‘नाडाको इतिहासमा नै पहिलो पटक अटो शो रोकिएको हो।

कोभिड–१९ ले सबै क्षेत्रमा प्रभावित परेको छ। उपत्यका अझ बढिरहेको अवस्था छ। यस्तो अवस्थामा कुनै हालतमा पनि हुर्दैन।’ उनले कोरोना भाइरसको जोखिम केहि हदसम्म कम भयो भने माघसम्म अटो शो हुने सम्भावना रहेको बताए। उनले महामारीले गर्दा करिब पाँच अर्बको नोक्सानी भएको जानकारी दिए।

भृकुटीमण्डप परिसरमा भव्य रुपमा आयोजना हुने अटो शोमा विभिन्न असफरसहित नयाँ गाडीहरु व्यवसायीहरुले सार्वजनिक गर्थे। व्यवसायीहरुले आफ्ना नयाँ ‘प्रोडक्ट’ अटो शोमा सार्वजनिक गर्ने भनेर थाति राखेका हुन्र्थे। तर यसवर्ष मोरोना महामारीले गर्दा अटोमोबाइल्स व्यवसायीहरुले अनलाइन मार्फत पनि आफ्ना ‘प्रोडक्ट’ हरु सार्वजनिक गरिरहेका छन्।

उक्त शाे व्यवसायीहरुका लागि मात्र नभई ग्राहकहरुका लागि पनि नयाँ सामान खरिद गर्ने केन्द्रिविन्दु बनेका थियो। गाडी जस्तै ग्राहकहरुको पनि घुइचो लाग्ने गथ्ये।

Loading...