उडन्ते दावी गरेर ट्रम्पले पोष्ट गरेको भिडियो फेसबुकले हटाइदियो

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लाे समय निकै विवादमा परेका छन् । उनले कतिबेला के कुरा बाेल्छन भन्ने थाहा हुन्न । कहिले चीन त कहिले उत्तर काेरिया लगायतका देशहरुका विरुद्धमा बेलाबेला विवादास्पद अभिव्यक्ति दिइरहने ट्रम्पले पछिल्लाे समय काेराेना बारे यस्तै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले दिएकाे उक्त विवादास्पद अभिव्यक्तिसहितकाे भिडियाे पाेष्टलाइ चर्चित सामाजिक सञ्जाल फेसबुकले हटाएकाे छ ।

बालबालिकामा काेराेना भाइरससँग लड्ने प्रतिराेधात्मक क्षमता रहेकाे भन्दै ट्रम्पले विद्यालय खाेल्नुपर्ने बताएका थिए । उक्त कुराले बालबालिकालाइ खतरानाक जाेखिममा पार्ने भन्दै फेसबुकले उक्त भिडियाे पाेष्ट हटाएकाे हाे ।

ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले सो अन्तर्वार्तामा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे हानिकारक गलत सूचना प्रदान गरेकाले सोही नियम अनुसार हटाइएको फेसबुकले उल्लेख गरेको छ ।

फेसबुकका एक प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग बुधबार बेलुका भनेका छन्, ‘सो भिडियोमा गलत दाबी गरिएको थियो । मानिसको निश्चित समूह कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता युक्त दाबी गरिएको थियो, जुन गतल र हानिकारक हो ।’

ट्रम्पले बुधबार फक्स न्यूजको बिहानी कार्यक्रम फक्स एण्ड फ्रेण्डसमा सबै विद्यालय खोल्ने समय आएको र बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेको बताएका थिए ।

ट्रम्पको दाबी भने स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित छ। बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । तर उनीहरु तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।

ट्रम्पले यसअघि यस्तै विवादास्पद अभिव्यक्ति ट्वीटरमा पाेष्ट गर्ने गरेका थिए । ट्वीटरले पनि उनका पाेस्टहरुलाइ हटाउने, फ्याक्ट चेककाे अप्सन राखिदिने गरेकाे थियाे । जसक्रममा उनले ट्वीटरविरुद्ध नै अभिव्यक्ति दिने गरेका थिए ।

Loading...