काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड

  

काठमाडौँ । काठमाडौँ महानगरका सबै सामूदायिक विद्यालयका छात्रालाई अब निःशुल्क स्यानिटरी प्याड वितरण हुने भएको छ। ज्ञानोदय माध्यामिक विद्यालय, बाफलमा मंगलबार नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । 


बिद्यार्थीले मेसिनमा सिक्का खसालेर एक पटकमा एउटा प्याड निकालं साकिने ठाउँ–ठाउँमा मेसिनहरु राखिएको छ । 

 

 
कार्यक्रमलाई सम्वोधन गर्दै  काठमाडौँ महानगर पालिकाका मेयरले रजस्वला भएका महिलालाई विभेद गर्नुनहुने बताउनुभयो । उहाँले सामूदायिक विद्यालय सुधारमा ध्यान दिन समेत आग्रह गर्नुभयो ।
विद्यालयका प्र.अ. नातिकाजी महर्जनले छात्राले रजस्वला हुँदा विगतमा धेरै कठिनाई भोग्नु परेको बताउनुभयो । उहाँले त्यही बाहनामा छात्राहरु विद्यालयमा अनुपस्थिति हुनुपर्नेसम्मका बाध्यता रहेको भन्दै अब त्यसको अन्त्य हुने बताउनुभयो । उहाँले यो चेतना जगाउने कार्यक्रम भएको पनि बताउनुभयो ।
उहाँले पहिलो चरणमा पाँचदेखि १२ कक्षासम्म अध्ययन गर्ने करीब १४ सय छात्राको रजस्वला पिरियड हुने भएकाले त्यसैलाई आधार मानेर उनीहरुलाई महिनामा करिब १६ ओटा आवश्यक पर्ने हिसावले १ लाख २० हजार प्याड टेण्डर प्रक्रियामा गएर खरिद गरेको जानकारी दिनुभयो । उहाँले भेन्डिङ मेसिन र डिस्पोजल मिसिन पनि खरिद गरेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शाखा अधिकृत मोती भट्टराईले महानरपालिका क्षेत्र भित्रका सबै सामूदायिक विद्यालयलाई प्रति छात्रा १ हजार ६ रुपैयाँका दरले बजेट निकासा गरी सबै विद्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

Loading...