अनेसासको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सन् २०२० देखि २०२२ सम्मको दुई वर्षे कार्यकालका लागि प्रकाश पौडेल ’माइला’ (जापान) को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका माइला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

अनेसासको निर्वाचन कमिटीले सोमबार साँझ अनलाईनमार्फत नतिजा घोषणा गरेको हो । शुक्रबार, शनिवार र आइतवार गरी तीन दिनसम्म अनलाइन मार्फत निर्वाचन सम्पन्न भएको थियो ।

मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा गोबर्द्धन पूजा (अमेरिका) ले ७ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी लालगोपाल सुबेदी (अमेरिका) ले ३ सय ९७ मत प्राप्त गरे ।

यसैगरी चारजना क्षेत्रीय उपाध्यक्षहरु पनि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेहरुमा बाबा बस्नेत नेपाल,
राजेन्द्रकुमार श्रेष्ठ अमेरिका, राजेश बुढाथोकी अष्ट्रेलिया र सुनिल संगम पोर्चुगल रहेका छन् । अफ्रिकी महादेशबाट भने उम्मेदवारी नपरेको निर्वाचन कमिटीले जनाएको छ ।

यसैगरी महासचिवमा सर्बज्ञ वाग्ले (अमेरिका) ले ६ सय ६८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी विनोदप्रसाद धिमाल (पोर्चुगल) ले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिवमा विमला ढुंगाना निरौला (अमेरिका) ले ७ सय ५७ मत प्राप्त गरी विजयी भएकीछिन् भने उनका प्रतिस्पर्धी प्रेमप्रसाद भट्टराई (कतार) ले ३ सय ४८ मत प्राप्त गरेका थिए ।

यसैगरी कोषाध्यक्षमा कृष्णकुमार गिरी (अमेरिका) निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

यसैगरी ५ जना सदस्यका लागि भएको निर्वाचनमा ८ जनाको उम्मेदवारी परेकोमा विजयी हुनेहरुमा दिप पाठक (जापान) ले ८ सय १६, रेणुका बस्नेत थापा (नेपाल) ले ६ सय २८, तारा अधिकारी (अमेरिका) ले ६ सय २८, प्रमोद सराङ (दक्षिण कोरिया) ले ५ सय ८८ र निजानन्द मल्ल (अमेरिका) ले ५ सय ७१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सोमबार साँझ निर्वाचन कमिटीले अनलाईन मार्फत घोषणा समारोह गरी मत परिणामको घोषणा गरेको हो ।

निर्वाचन सम्पन्न गर्न डा. चुँडामणि खनाल (अमेरिका) को संयोजकत्वमा ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । कमिटीमा तीर्थराज पाण्डे (अमेरिका), विजयराज भट्टराई (अमेरिका), कुमार सिंखडा (जापान) र पुष्पा खनाल (नेपाल) रहेका थिए ।

Loading...