पशुपति क्षेत्र विकाश कोषले ल्याएको गुरुयोजना रोकियो

 

श्रावण १९ ,काठमाडौं । पशुपति क्षेत्र विकाश कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको ब्यापक विरोध पछि तत्कालको लागि रोकिएको छ। स्थानीय बासीले संघर्ष समितिनै बनाएर पशुपति क्षेत्रका स्थानीय बासिन्दा सरोकार वालाहरु आन्दोलित हुदै आएपछि एक महिनाका लागि गुरु योजना स्थगित गरिएको हो।

सस्कृति पर्येतन नागरिक उद्यान मन्त्रि योगेश भटराईले आइतबार जनप्रतिनिधि , स्थानीय ,सरोकारवाला संग छलफल गर्न तीन सदस्य समिति गरेको छ। मन्त्रालयको सस्कृति महाशाखा प्रमुख ,योजना तथा प्रशासन महाशाखा प्रमुख ,पुरातत्वो बिभागका महानिर्देशक सम्मिलित समितिले एक महिना भित्र जनप्रतिनिधि ,स्थानीय,सरोकारवाला , इतिहाश विद ,सस्कृति विद , संग छलफल गरि प्रतिवेदन बुझाउन भनेको छ। बैठकमा नेपाली कांग्रेसका नेता गगन थापाले पशिपति क्षेत्रका बासिन्दा हट्नु भनेकै त्याहा रहेका हजारौ बर्ष देखी चलिआएको जात्रा ,परमपरा , सस्कृति समाप्त पर्नु बताए यसै गरि बागमती प्रदेश सांसद नरोत्तम बैद्यले स्थानीय संग छलफल नगरी ल्याएको गुरुयोजना प्रति आक्रोश ब्यक्त गर्दै स्थानीय संग छलफल बिना लाएको गुरुयोजना स्वीकार्य नहुने बताए। 

 

स्थानीयहरुले शुक्रबार पत्रकार सम्मेलन गरी धर्म, संस्कृति, सभ्यताको विनाश हुनेगरी गुरुयोजना आएको भन्दै विरोध जनाएका थिए ।
पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्त्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन बस्ती नहटाउन स्थानीयले माग गरेका हुन् ।  

    सम्बन्धित समाचार –  

विकासको नाममा खोकनामा जे भइरहेछ, पशुपति त्यहीसँग जोडिएको छ- गगन थापा

Loading...