‘इनफ इज इनफ’काे निरन्तर, आन्दोलन निरन्तर गिरफ्तारी

काठमाडौं, १७ साउन । काठमाडौंको हाँडीगाउँबाट प्रहरीले इनफ इज इनफका अभियन्ताहरुलाइ पक्राउ गरेको छ । सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका इनफ इज इनफको आन्दोलनमाथि सरकारले निरन्तर हस्तक्षेप गर्दै आएको छ ।

सरकारले मेडिकल सामग्रीमा चरम भ्रष्टाचार गरेको, पिसिआर परीक्षणको दायरा वृद्धि नगरेको, भएका साधन स्रोतको प्रयोग नगरेको, क्वारेन्टिन रणनीति सुधार नगरेको, राहत र सुरक्षा नगरेको भन्‍दै इनफ इज इनफमा आवद्ध युवाहरुले देशव्यापी प्रदर्शन गर्दै आएका छन् ।

यसैक्रममा नक्साल नजिकैको हाँडीगाउँमा प्रदर्शनमा गएका अभियन्ताहरुलाइ प्रहरीले घेरा हालेर पक्राउ गरेको हो । सो क्रममा उनीहरुले केपी सरकार मुर्दावाद, राजीनामा दे, १० अर्बको हिसाबकिताब सार्वजनिक गर, भ्रष्टाचार बन्द गर लगायतका नारा लगाएका थिए।

पछिल्लो समय सरकारको भ्रष्टाचार विरुद्ध युवाहरुले इनफ इज इनफ नामक अभियानमार्फत स्वस्फूर्त रुपमा सडकमा प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन राजधानीका साथै देशका विभिन्न भागमा पनि भइरहेकाे छ । भर्खरका युवाहरुकाे बढी सहभागिता रहने याे अान्दाेलनकाे अगुवाका रुपमा इ नाम गरेका युवा प्रचारमा छन् । 

Loading...