उम्मेदवारी दर्ता नभएपछि यसरी धरधरी डाको छोडेर रोइन यी महिला नेतृ (धरधरी रोएको भिडियोसहित)

काठमाडौँ, १७ कार्तिक। निर्वाचनमा विचित्रका दृष्यहरु देखा परिरहेका छन् । कतै गुण्डाहरु अाफ्नाे दलबलसहित मनाेनयन दर्ता गरिरहेका छन् भने कतै मनाेनयन दर्ता गर्न लाइनमा बस्दा बस्दा अन्तिममा समर्थक र प्रस्तावक नमिलेकाे भन्दै कर्मचारीले मनाेनयन पत्र बुझ‍्न नमानेपछि डाकाे छाेडेर धरधरी राेइरहेका दृष्य बाहिर अाएका छन् ।

यसैक्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा पनि उम्मेदवारी दर्ताका क्रममा दुई अनौठा दृश्य देखिए । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाको छोडेर रोइरहेकी थिइन् ।

हातमा कागजपत्र थियो भने आँखाभरी आँशु । काठमाडौंको बौद्धमा बस्ने आफूलाई माता बताउने ज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।

उनले दर्ता गर्न नपाउनुको कारण भने रोचक रहेको छ । उम्मेदवारी दिनका लागि सोही क्षेत्रका मतदाता रहेका एकजना प्रस्तावक र अर्कोजना समर्थक चाहिन्छ । उनले एकजना महिला प्रस्तावक त ल्याएकी थिइन तर सर्मथक थिएनन् । ती प्रस्तावक महिला पनि काठमाडौंको फरक निर्वाचन क्षेत्रको रहेछिन् । यसरी उनको मनोनयन नहुने भनेपनि उनी डाँको छोडेर रुन लागिन ।

आयोगका कर्मचारीहरुले पाँच बजेसम्म समय रहेको बताएपनि २ घन्टाभित्र बौद्ध पुगेर आफूले समर्थक र प्रस्तावक खोजेर ल्याउन ढिला हुने भन्दै रोइरहेकी थिइन् । शूरुमा त उनलाई मनोनयन दर्ता गर्न आएको विश्वास नगरेर पुलिसले एक घण्टासम्म गेटमै रोकेको गुनासो गरिन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

त्यस्तै काठमाडौंका ४ निर्वाचन क्षेत्रका लागि कडा सुरक्षाका बिच मनोनयन भइरहेको राष्ट्रिय सभा गृहमा प्रवेश गरेर आफूलाई नेपालको खलाँसी भनेर चिनाँउने लक्ष्मणसिंह खड्काले नेताहरुलाई डाँका भन्दै गाली गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संचारमाध्यमहरुलाई अन्र्तवार्ता दिइरहेको ठाँउमा पुगेर उनले गाली गरेका हुन् । उनले कांग्रेस, एमाले, माओवादीका सबै नेताहरु डाँका भएर देशलाई लुटेको भन्दै कराउन थालेपछि प्रहरीले गेट बाहिर ल्याएर छोडेको थियो ।

यसरी राेइन लामा सबैका सामु धरधरी डाकाे छाेडेर

Loading...