अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने पक्राउ

प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् ।

पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन् ।उनले तनहुँको भानु नगरपालिकाकी एक १३ वर्षीया बालिकाको नाममा नक्कली फेसबुक आइडी बनाएको र उनका दिदीहरु लगायत आफन्तलाई अश्लिल फोटो, भिडियो संदेश पठाउने गरेको पाइएको ब्युरोले जनाएको छ ।

शुक्रबार पक्राउ परेका मिश्रमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । यसअघि पनि उनी विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट रु १ लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले बताएको छ ।

Loading...