पाँच सय रुपैया लुटेर ज्यान लिने पक्राउ

ललितपुर । काभ्रेको धुलिखेल नगरपालिका-११ भकुण्डेबेँशीका एक पुरुषको पाँच सय रुपैयाँमा ज्यान गएको छ । ५४ वर्षीय कामी सिंह तामाङको साथबाट पाँच सय रुपैयाँ लुटेर हत्या गरिएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे भकुण्डेबेशी बस्ने सिन्धुली घर भएका २२ वर्षीय सन्जिव मैनालीलाई बिहीबार राति प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

घटनामा संलग्न रही फरार रहेका उनलाई महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको हो । बिहिबार बिहान हत्या गरी फरार भएका उनी राती नै ललितपुरको महालक्ष्मी नगरपालिका-४ ढुङ्गेसाँगुमा आफन्तको डेरा कोठामा लुकिछिपि बसेको अवस्थामा फेला परेका प्रहरीको भनाइ छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

Loading...