प्रहरी हेडक्वार्टर बन्यो कोरोनाको हटस्पट, फेरि भेटियो २८ प्रहरीमा संक्रमण

काठमाडौं, १६ साउन । सुरक्षामा खटिने प्रहरीमा नै काेराेना संक्रमणले त्रास उत्पन्न गराएकाे छ । नेपाल प्रहरीकाे हेडक्वार्टरमा नै धेरै संक्रमित भेटिएका छन् । पछिल्लाे २४ घन्टामा मात्र प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

यसअघि प्रहरी प्रधान कार्यालयकाे सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । उनैकाे कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको थियाे । उक्त स्वाव परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा गरेर संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । साथै उनले देशभर २५० जना प्रहरीमा संक्रमण देखिएकाे पनि बताए ।

Loading...