भद्रकाली मन्दिर परिसरमा दानराज चलचित्रको शुभ साइत सम्पन्न

काठमान्डौँ । डिजिटल सिनेमाको ब्यानरमा निमार्ण हुने नेपाली कथानक चलचित्रको आज काठमान्डौँको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । गीतकार शंकर अधिकारी घायलको प्रस्तुती तथा शत्रुघन अन्सारी, कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारी को सह निर्माण रहेको चलचित्रको आज शुभ साइत गरिएको हो ।

दानराज चौलागाईं, सुनिता दहाल, सोनाली ताम्राकार, करुणा श्रेष्ठ, रबिन श्री, गंगा कुँवर, रबि खड्का, सागर गुरु चौलागाईं, तृष्णा खडका, रमेस डिसि, शत्रुघन अन्सारी, कल्याण रत्न कार्की मुना कुँवर राणाको अभिनय चलचित्रमा रहने भएको छ । सो चलचित्रमा सफलता चौलागाईं, स्वस्तिक चौलागाईं बालकलाकर भुमीकामा रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।

दानराज चलचित्रमामा कृष्ण पाण्डेको छायाङ्कन, देव महर्जन द्वन्द्व, बिश्वास भण्डारीको सम्पादन, नृत्य राम केसी र सन्दिप भुजेलको रहनेछ । प्रकाश सन्तोष पराजुली सहनिर्देशन मुस्कान रेग्मी र राजन श्रेष्ठको रहनेछ । यही भाद्र १५ गते बाट पुर्बान्चलको धरान तथा रमणीय ठाउँमा चलचित्रको छायाङ्कन गरिने सो अवसरमा जानकारी दिइएको छ । चलचित्रमा समावेश गीतमा सुरेश अधिकारी नित्याशिवा, परुषोतम न्यौपाने सन्तोष जिवीको रहने भएको छ ।

Loading...