काठमाडौँमा बढ्यो कोरोना संक्रमण, एकै दिन भेटिए ४५ संक्रमित

काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा थप ४५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले काठमाडाैँका ४१, ललितपुरका दुई र भक्तपुरका दुई जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरे।

प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ तथा काठमाडौँका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडाैँका १३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा गरिएकाे परीक्षणमा काठमाडौँका ३ जना र स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हाे।

Loading...