कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै

श्रावन १५ ,काठमाडौँ । कीर्तिपुर नगरपालिकाले आ.व.२०७७÷०७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन गर्न थालेको छ । यस आ.व.मा नगरलाई हरित सडक (न्चभभल च्यबम) र खाद्य सडक (ँययम च्यबम) को अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक (ँययम च्यबम) बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ । नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो नगरपालिकाको रुपमा प्रस्तुत कीर्तिपुर नगरपालिकाले बिहिबार  कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ मा पर्ने फय्खा नगरको बाटोको दायाँबायाँ वृक्षारोपण गरी नगरलाई खाद्य सडक बनाउन लागेको हो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टिमुरको बोट रोपी यसको शुभारम्भ गर्नुभएको थियो ।

साथै नगर उप–प्रमुख सरस्वती खड्का, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, ९ का अध्यक्ष गंगाराम महर्जन, १० का अध्यक्ष अमन महर्जन लगायत वडा सदस्यहरू र स्थानीयबासीहरूले वृक्षारोपण गरेका थिए । 

तेजपात र टिमुरका करीव १५० वटा विरुवा सो स्थानमा रोपेको थियो । ती विरुवाहरू राष्ट्रिय वनस्पति उद्यान गोदावरीले उपलब्ध गराएको हो ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका कार्यालय प्रमुख दिपक लामिछानेले नगरलाई खाद्य सडक बनाउने नयाँ सोच ल्याएकोमा कीर्तिपुर नगरपालिकालाई हार्दिक धन्यवाद् दिनुभयो । वहाँले टिमुर र तेजपात जस्ता विरुवाहरू रोपेकोमा यसलाई आवश्यक स्याहार गर्न अनुरोध गर्नुहुँदै यी विरुवाहरू अत्यन्त महत्वपूर्ण रहेको र विदेश निर्यात गर्ने मध्ये उत्कृष्ट ५ स्थानका विरुवाहरू भएको बताउनु भयो । ज्ञानबज्र महर्जनले सञ्चालन गरेको कार्यक्रममा उप–प्रमुख खड्काले नगरपालिकाले नयाँ सोचका साथ कार्यान्वयन गरेको खाद्य सडकको महत्वको बारेमा प्रकाश पार्नुहुँदै उपस्थित सबैलाई धन्यवाद् दिनुभएको थियो ।

Loading...