नारायणगढ–मुग्लिन सडकमा सवारी साधन ओहोर दोहोर गर्दा सडक दस्तुर तिर्नुपर्ने

नारायणगढ–मुग्लिन सडक भएर सवारी साधन वहर दोहर गर्दा सडक दस्तुर तिर्नुपर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नारायणगण–मुग्लिन ३६.१६ किलो मिटर सडकखण्ड प्रयोग गरेबापत २ प्रकारको बेग्ला बेग्लै शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनु भएको छ ।

सो सडक खण्ड नियमित मर्मत सम्भार गर्न स्रोतको अभाव नहोस् भन्नको लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन भएको अनुसार नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारी साधनको लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको मन्त्रि खतिवडाले बताउनु भयो ।

Loading...