चेक रिपब्लिक पठाईदिन्छु भनि विभिन्न व्यक्तिबाट रकम ठगी गर्ने व्यक्ति पक्राउ

श्रावन १५ ,काठमाडौँ। चेक रिपब्लिक पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं. १२ बस्ने रमेश कमरले चेक रिपब्लिक पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी रु. ११ लाख १३,हजार रकम ठगी गरी फरार रहेको सूचनामा अपराध महाशाखाले बुधबार बसुन्धराबाट पक्राउ गरेको हो । प्रहरीले सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा निजले अन्य १५ जना व्यक्तिहरुबाट समेत विभिन्न देश पठाईदिन्छु भनि रु.१८ लाख ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ। थप अनुसन्धानको लागी निजलाइ काठमाण्डौ प्रहरी परिसर पठाईएको छ।  

Loading...