रेडियो नेपालमा कार्की र राखेपमा सिलवालको नियुक्ति

काठमाडौं, १२ साउन । सरकारले डीआईजीद्वय प्रद्युम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए। त्यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेकाे छ। त्यसैगरी, सरकारले रेडियाे नेपालकाे महाप्रवन्धकमा बुद्धिबहादुर कार्कीलाई नियुक्त्त गर्ने निर्णय पनि गरेकाे छ।

आज बसेकाे मन्त्रिपरिषद बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त गरेकाे छ भने उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरेकाे ति मन्त्रीले नेपालखबरलाई बताए।

Loading...