‘स्मार्ट सिटीभन्दा ठूलो भ्रष्टाचार अरु कुन हुन सक्छ ?’ -सांसद भुसाल

 

श्रावन, १२ काठमाडौँ। सत्तारुढ नेकपाका सांसद पम्फाले विकास आयोजनामा भ्रष्टाचार बढेको भन्दै संलग्न जो कोहो भएपनि कारवाही हुनु पर्ने माग गर्नु भएको छ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बैठकमा साम्सद भुषालले ठुला भ्रष्टाचारी माथि अख्तियारको कारवाही तथा निगरानी बढाउनु पर्ने आग्रह गर्नु भयो । उहाले विकास निर्माणमा भ्रष्टाचार भैरहेको बताउदै स्मार्ट सिटी बनाउने योजना पनि यसै भित्रको भएको रहेको बताउनु भयो। ‘पोलिसी पब्लिक प्राइभेट पार्टनरसिपय् बनाइने , अनि जनताको जग्गा अधिग्रहण गरि ४० प्रतिशत गरि उपत्यकाका रैथाने जनताको जग्गा अधिग्रहण गरि स्मार्ट सिटी बनाउने ? यो भन्द ठुलो भ्रष्टाचार अरु के होला ?’उहाले भन्नु भयो।
उहाले संसदीय समितिमा समेत यो बिषयमा सरसल्लाह नै नगरिएको , तर सिमित ब्यक्ति सम्मिलित समुहले आयोजना बनाउने र करोडौं करोडौंभ्रष्टाचार गर्ने काम भैरहेको भन्दै अख्तियारले त्यस प्रति ध्यान दिनु पर्ने बताउनु भयो।

 
Loading...