रञ्जनको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न तीन न्यायाधिशको आदेश

काठमाडौं, ११ साउन । श्रीमती हत्या गरेर जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसलामाथि पुनरावलाेकन हुने भएकाे छ ।

आइतबार सर्वाेच्च अदालतका न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश दिएका छन् ।

काेइरालाले २०६८ सालमा पत्नी गीताको हत्या गरेका थिए । उनलाई जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । उनी सर्वोच्चको साेही फैसला वमाेजिम यही साउन ८ गते रिहा भएका थिए ।

काेइराला रिहा भएकै दिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमाथि अाइतबार सुनुवाइ भएकाे हाे ।

Loading...