एकै खेलमा ४ गोललाई रेफ्रीले मान्यता नदिएपछि

एजेन्सी । सस्सुलोले गरेको चार गोलले मान्यता नपाउदा इटालियन सिरी ‘ए’ मा नापोलीले जीत हात पारेको छ । शनिबार राति भएको खेलमा नापाेलीका लागि इलसिड ह्यासाज र एलानले गोल गरे र त्यही गाेलले नाेपाेलीले जित्याे । तर, सस्सुलाेका ४ वटै गाेललाइ रेफ्रीले मान्यता दिएनन् ।

खेलको आठौं मिनेटमा नै लेफ्टब्याक इलसिडले नापाेलीका लागि गोल गरेर टाेलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि सस्सुलोले एकपछि अर्काे चार गोल गर्याे । तर, ती सबै गाेललाइ रेफ्रीले मान्यता दिएनन । जसका कारण सस्सुलाे पराजित हुन पुग्यो ।

सस्सुलोको चार गोलमध्ये तीन गोलमा भीएअारबाट हेर्दा थाेरै अफसाइड देखिए पनि एक गोलमा अफसाइड देखिएको थिएन । सस्सुलोको तेस्रो गोलमा कुनै अफसाइड देखिएको थिएन । इन्ज्युरी समयमा एलानले गोल गर्दै नेपोलीलाई २–० को नाटकीय जीत दिलाए । ३२औं मिनेटमा फिलिप डुरिसिसले गोल गरे पनि उनको गोलले भिएआरबाट मान्यता पाएन । उनी अफसाइड ठहरिए ।

फ्रान्सिस्को कापुटोले पास दिनुअघि नै उनी अफसाइड पोजिसनमा रहेका थिए । ३७औं मिनेटमा फिलिप डुरिसिसले अर्को गोल गरेपनि गोलले मान्यता पाएन । हामेद ट्राओरेको प्रहारलाई गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि रिवाउन्डमा फिलिप डुरिसिसले गोल गरेका थिए । तर, हामेद ट्राओरे अफसाइड पोजिसनमा रहेका थिए ।

४९औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गरेपनि उनी अफसाइड ठहरिए । ६१औं मिनेटमा डोमिनिको बेरारडीलेले अर्को गोल गरेपनि उनको गोलले मान्यता पाएन ।

जीतसँगै नापोली ५९ अंक जोडेर सातौँ स्थानमा यथावत रहेको छ । सस्सुलो भने ४८ अंकका साथ आठौं स्थनमा रहेको छ ।

Loading...