काष्ठमण्डप पुननिर्माणको काम ७० प्रतिशत सम्पन्न

काठमाडौँ । काष्ठमण्डप पुनर्निर्माणको काम ७० प्रतिशत सकिएको छ। सो क्रममा सनिबार नेवा: परम्परा अनुशार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । पुननिर्माण हुदै गरेको काष्ठमण्डप संरचनाको अभिन्नको रुपमा ठढीएको धलीं एक महत्वपूर्ण अंगको रुपमा लिइन्छ । यो काष्ठमण्डपको माथिल्लो धुरीमा रहेको हुन्छ ।
विधिवत गरिएको पुजामा पूजामा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रदेशसभाका सांसद एवं काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धर लगाएत सरीक हुनुभयो  ।

सो अवसरमा मेयर शाक्यले महानगरले अबको ध्यान सम्पदा पुर्ननिर्माणमा केन्द्रित गर्दै निर्माण÷पुर्ननिर्माणको काम तिव्र गतिका साथ अघि बढाउने बताउनु भयो। काठमाडौँ महानगरपालिकाले प्रत्येक वर्षको वजेटमा मुर्त–अमुर्त सम्पदाको संरक्षण तथा संम्वद्र्धनका लागि बजेट उल्लेख्य मात्रमा बजेट विनियोज गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा ९० बढी शीर्षकमा संम्पदाको संरक्षण र पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट बिनियोजन गरेको छ ।
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले पनि काष्ठमण्डप पुर्ननिर्माणको करीब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।

वि.सं. २०७५ वैशाखबाट पुनर्निर्माणको सुरु भएको हो । सातौँ शताब्दीमा निर्माण गरिएको काष्ठ्मंड़प हाल पुननिर्माणमा पनि नया प्रविधि नगरी पुरानै प्रविधि प्रयोग गरि केहि सबलीकरण गरि काम भैरहेको समितिले बताएको छ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुर्ननिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा ५० लाख, दोस्रो र तेस्रो चरणमा पाँच–पाँच करोड दिएको छ । प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो।

Loading...