न्युरोड क्षेत्रमा सिक्री लुटपाट गर्ने समुह पक्राउ

श्रावन १० ,काठमाडौँ। न्युरोड (झोछे ) क्षेत्र बात सिक्री लुटपात गर्ने बक्ति र संलग्न ब्यक्ति पक्राउ परेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले सिक्री लुटपाट गर्ने चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अकेश नकर्मि ,र नुवाकोट घर भई हाल नैकाप वडा न १४ बस्ने विक्की र चन्द्रागिरी वडा न १४ कि नेहा शर्मा नकर्मीलाइ पक्राउ गरेको हो ।
का.जि.का.म.न.पा.वडा नं. २३ बसन्तपुर घर हुने  श्रुति शाक्यले हुलिया सहित दिएको निवेदन उपर सो क्षेत्रमा रहेको सी सी क्यामराका आधारमा पहिचान गरि निजहरुलाई बिहिबार पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहीले बताउनु भयो।
लुटमा संलग्न समुहले ८.६४ ग्राम बराबरको सुनको सिक्रि डल्लु वडा न १५ मा रहेको हराती सरण सुनचादी पसलमा पसल संचालक अशोक शाक्यलाइ रु १६ ,५०० मा बिक्रि गरेका थिए। प्रहरीले निज पसल संचालक शाक्यलाइ समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।  

Loading...