बिशालबजारबाट ठूलो रकमका साथ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, ९ साउन । प्रहरीले एकजना हुन्डी काराेबारीलाइ ठूलाे रकमसहित पक्राउ गरेकाे छ । शुक्रबार काठमाडौंकाे बिशालबजारबाट ती काराेबारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भएका ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनलाइ प्रहरीले १९ लाख ९१ हजार नगदसहित पक्राउ गरेकाे जनाएकाे छ ।

महानगरीय अपराध महाशाखाले हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा उपत्यकाका विभिन्न ठाउँमा जाँच गर्दा न्यौपानेलाई काठमाडौंको विशाल बजारबाट नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइएकाे प्रहरीले जनाएकाे छ ।

Loading...