नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे बाहिरिए

भक्तपुर । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएनन् । भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका बिजुक्छेंले यस पटक भने निर्वाचनमा उम्मेदवारी नदिएका हुन् ।

प्रतिनिधि सभाकाे लागि बिजुक्छेको क्षेत्रबाट पार्टी सचिव प्रेम सुवालको उम्मेदवारी परेको छ भने २ नम्बर क्षेत्रबाट भने अनुराधा थापामगरले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन ।

प्रदेश सभाकाे लागि निरज लवजु, सुरेन्द्र राज गाेसाईं, प्रेमजन थापा र सराेज गाेसाईंको उम्मेदवारी परेको नेमकिपाका एक नेताले बताए ।

उम्मेदवारी दर्ता गराउन उम्मेदवारसँग हिडेका कार्यकर्ताहरुले दलहरुले बनाएको गठबन्धनालाई लक्षित गर्दै ‘ भ्रस्टाचारीहरुको गठबन्धन मुर्दाबाद ‘ भन्दै उत्तेजक नाराबाजी गरेका थिए ।

Loading...