बाराक ओबामा, बिल गेट्स लगायत अमेरिकाका पावरफूल नेता र अर्बपतिहरुको ट्वीट एकाउन्ट ह्याक

एजेन्सी । अमेरिकाका केही प्रशिद्ध व्यक्तिहरुको ट्वीटर एकाउन्ट ह्याकरले हाइज्याक गरेको सम्बन्धमा संघीय अनुसन्धान व्युरो (एफबिआई) ले अनुसन्धान सुरु गरेको छ ।

बिटकोइन घोटालाका लागि ह्याकरले अर्बपति तथा प्रतिष्ठित व्यक्तहरुको ट्वीटर एकाउन्ट ह्याक गरेकाले यस सम्बन्धमाम अनुसन्धान थालिएको एफबिआईले जनाएको छ ।

स्थानीय समय अनुसार बुधबार राति ह्याकरले अर्बपतिहरु इलन मस्क, जेफ बोजेस, बिल गेट्ससहितको ट्वीटर एकाउन्ट ह्याक गरेका थिए ।

बिटकोइन घोटालाका लागि ह्याकरले उनीहरुको ट्वीटर एकाउन्ट निकाशाना बनाएका हुन् । ह्याकरले अर्बपतिका ट्वीटर एकाउन्ट ह्याक गरी त्यसमा बिटकोइन मार्फत डोनेट गर्न अपिल गरिएका ट्वीट गरेका थिए ।

पूर्व राष्ट्रपति बाराक ओबामा, आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन तर्था यापर कान्य वेष्टको आधिकारिक एकाउन्ट पनि ह्याक भएको थियो । माइक ब्लुमबर्ग, किम कार्डासियन तथा युबर र एप्पलसहितका एकाउन्ट पनि ह्याकरको निशानामा आएका थिए ।

बिल गेट्सको एकाउन्टबाट ट्वीट भएको छ, ‘सबैले यो समुदायलाई केही दिन भनेका छन्, र यो सही समय हो । तपाईँहरु एक हजार डलर पठाउनुस्, म दुई हजार डलर पठाउँछु ।’

यी ट्वीटहरु पोस्ट भएको केही मिनेटमै डिलिट गरिएका थिए । ट्वीटरले उत्कृष्ट प्रयास गरी धेरै भेरिफाइड एकाउन्टबाट सोही प्रकृतिका ट्वीट हुनबाट रोकेको जनाएको छ र उसले थप अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।

एकाउन्ट ह्याक भएको सम्बन्धमा ट्वीटरले जुलाई २३ मा ब्रिफिङ्ग गर्नु पर्ने संसदीय समितिले जनाएको छ । सिटेनको वित्त समितिले ट्वीटरलाई ब्रिफिङ्गका लागि बोलाएको हो ।

Loading...